ग्रामीण महिला विकास तथा एकता केन्द्र (रुडुक) र Oxfam in Nepal संगको साझेदारीमा संचालित दोश्रो चरणको ट्रोसा परियोजना अन्तर्गत महाकाली नदीमा जलयात्रा संचालन, प्रर्वधन र दिगोपनका लागि परार्मश तथा अन्तरक्रिया कायक्रम आज धनगढीमा सम्पन्न भएको छ । कार्यक्रममा प्रमुख अतिथि सुदूपश्चिम सरकारका सामाजिक विकास राज्यमन्त्री मा. सरस्वती खड्का, बिशिष्ट अतिथि परशुराम नगरपालिका डडेल्धुराका नगरप्रमुख भरत वडायर जोशी लगायत सम्पूर्ण व्यक्तित्वहरु, महाकाली नगरपालिका दार्चुला, दशरथ चन्द न.पा. बैतडी, भिमदत्त न.पा. कञ्चनपुर बाट पाल्नुहुने प्रमुख प्रशासकिय अधिकृत लगायत न।पा। परिवार, नेपाल एसोशियसन अफ र्याफ्टींग एजेन्सिज (नारा) अध्यक्ष लगायत अक्सफाम नेपाल सिआरडियस दार्चुला, निड्स कन्चनपुरका पदाधिकारीज्यूहरुको उपस्थिती रहेको थियो । कार्यक्रममा महाकाली नदीमा जलयात्रा संचालन, प्रर्वधन र दिगोपनका लागी ५ बुँदे प्रतिबद्धता व्यक्त गर्नुभएको थियो ।