डडेल्धुरामा महिलाहरुको मुद्दाका बारेमा अन्तरक्रिया कार्यक्रम सम्पन्न

डडेल्धुरामा महिलाहरुको मुद्दाका बारेमा अन्तरक्रिया कार्यक्रम सम्पन्न

डडेल्धुरा सदरमुकाममा आज वडा स्तरिय महिलाहरुको मुद्दाको बारेमा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएकोछ ।
सुदुरपश्चिम प्रदेश सरकार, सामाजिक विकास मन्त्रालय तथा ग्रामिण महिला विकास तथा एकता केन्द्र रुडुकको संयुक्त आयोजनामा संञ्चालित “महिला शसक्तिकरण र सामाजिक सचेतनामुलक परियोजना” अन्तर्गत सम्पन्न भएको उक्त कार्यक्रम लाई अधिवक्ता युवराज जोशी ले सहजिकरण गर्नुभएको थियो ।
पछिल्लो समय डडेल्धुरा जिल्लामा बहुविवाह तथा महिला हिँसाको घटनाहरु बढिरहेको विभिन्न तथ्यांकहरुले देखाएको सन्दर्भमा यो कार्यक्रम आयोजना गरिएको ग्रामिण महिला विकास तथा एकता केन्द्र रुडुक डडेल्धुराका कार्यकारी निर्देशक अमर बहादुर साँउदले बताउनु भयो ।
महिलाका मुद्दा तथा हिँसाका घटना न्यूनिकरणमा योगदान गर्ने डडेल्धुरा जिल्ला अमरगढी नगरपालिकाका अगुवा तथा नेतृत्व पंक्तिका महिला, महिला अधिकारकर्मि, विभिन्न संञ्जाल एबं निकायमा आवद्ध महिलाहरु संग उक्त अन्तरक्रिया कार्यक्रमको आयोजना गरिएको हो ।
केही दिन पहिले डडेल्धुरा जिल्ला अदालतले पत्रकार सम्मेलन मार्फत गरेको जानकारी अनुसार डडेल्धुरामा सम्बन्ध विच्छेदको मुद्दाहरु बढ्दो क्रममा रहेको सन्दर्भमा यो अन्तरक्रिया कार्यक्रम प्रभावकारी हुने अधिबक्ता एबं कार्यक्रममा सहजकर्ता युवराज जोशी ले बताउनु भयो । उक्त कार्यक्रममा कानुनी व्यवस्था, महिला शसक्तिकरण एबं समुदायमा व्याप्त महिला हिंसाका सवालहरु जस्तै सम्बन्ध विच्छेद, अंसवण्डा जस्ता मुख्य सवालहरुमा छलफल गरिएको थियो ।
सम्बन्ध विच्छेदका विभिन्न कारणहरु भए पनि वालविवाह लाई न्युनिकरण गर्न सक्यो भने सम्बन्ध विच्छेदका घटनाहरु लाई धेरै हद सम्म कम गर्न सकिने अधिक्ता युवराज जोशीले बताउनु भयो ।
“महिला शसक्तिकरण र सामाजिक सचेतनामुलक परियोजना” डडेल्धुरा जिल्लाको अमरगढी नगरपालिका, गन्यापधुरा गाँउपालिका, अजयमेरु गाँउपलिका तथा नवदुर्गा गाँउपालिकामा संञ्चालन भईरहेकोछ ।

Share

More News and Stories

महाकाली नदीको स्वच्छता संरक्षणमा स्थानीय तहको चासो

महाकाली नदीको स्वच्छता संरक्षणमा स्थानीय तहको चासो

काठमाडौं, साउन २७ : महाकाली नदीको स्वच्छता संरक्षणमा स्थानीय तहले चासो देखाएका छन् । नेपाल र भारत दुुई देशको सिमानामा बग्ने नदी वरपर सरसफाई तटीय समुुदायमा...

Read More
Transboundary Water rafting event

Transboundary Water rafting event

आज मिति २०७७/१२/०९ गते का दिन विश्व पानी दिवशको अवसरमा परशुराम नगरपालिकाका नगर प्रमुख श्री भीम बहादुर साउँद ज्यूको प्रमुख आतिथ्य तथा नगर उपप्रमुख...

Read More
डडेल्धुराका विद्यार्थीलाई झोलासंगै शैक्षिक र स्वास्थ्य सामाग्री वितरण

डडेल्धुराका विद्यार्थीलाई झोलासंगै शैक्षिक र स्वास्थ्य सामाग्री वितरण

डडेल्धुरा । डडेल्धुराका विद्यार्थीलाई झोलासंगै शैक्षिक र स्वास्थ्य सामाग्री वितरण गरिएको छ । ग्रामीण महिला विकास तथा एकता केन्द्र (रुडुक) र चाइना फाउन्डेसन नेपालको संयुक्त...

Read More