डडेल्धुराका विद्यार्थीलाई झोलासंगै शैक्षिक र स्वास्थ्य सामाग्री वितरण

डडेल्धुराका विद्यार्थीलाई झोलासंगै शैक्षिक र स्वास्थ्य सामाग्री वितरण

डडेल्धुरा । डडेल्धुराका विद्यार्थीलाई झोलासंगै शैक्षिक र स्वास्थ्य सामाग्री वितरण गरिएको छ । ग्रामीण महिला विकास तथा एकता केन्द्र (रुडुक) र चाइना फाउन्डेसन नेपालको संयुक्त साझेदारी एवं अमरगढी नगपालिकासंगको सहकार्य र समन्वयमा संचालित पाण्डा प्याक परियोजनाअन्तर्गत झोलासंगै शैक्षिक र स्वास्थ्य सामाग्री वितरण गरिएको हो ।

 

अमरगढी नगरपालिका वडा नम्बर ११ मा पर्ने सरस्वती मावि फिन्नेकोटका वालिवकासदेखि कक्षा ८ सम्मका १ सय २७ विद्यार्थीलाई शैक्षिक र स्वास्थ्य सामाग्रीसंगै झोला वितरण गरिएको रुडुक डडेल्धुराका कार्यकारी निर्देशक अमर साउदले जानकारी दिए ।

 

विद्यार्थीलाई सामाग्री वितरणका लागि रुडुककी संस्थापक अध्यक्ष एवं प्रतिनिधिसभा सदस्य आरजु राणा देउवा र प्रदेशसभा सदस्य सरस्वती खड्काले पनि समन्वय गरेका थिए ।

Share

More News and Stories

महाकाली नदीको स्वच्छता संरक्षणमा स्थानीय तहको चासो

महाकाली नदीको स्वच्छता संरक्षणमा स्थानीय तहको चासो

काठमाडौं, साउन २७ : महाकाली नदीको स्वच्छता संरक्षणमा स्थानीय तहले चासो देखाएका छन् । नेपाल र भारत दुुई देशको सिमानामा बग्ने नदी वरपर सरसफाई तटीय समुुदायमा...

Read More
Transboundary Water rafting event

Transboundary Water rafting event

आज मिति २०७७/१२/०९ गते का दिन विश्व पानी दिवशको अवसरमा परशुराम नगरपालिकाका नगर प्रमुख श्री भीम बहादुर साउँद ज्यूको प्रमुख आतिथ्य तथा नगर उपप्रमुख...

Read More
डडेल्धुरामा महिलाहरुको मुद्दाका बारेमा अन्तरक्रिया कार्यक्रम सम्पन्न

डडेल्धुरामा महिलाहरुको मुद्दाका बारेमा अन्तरक्रिया कार्यक्रम सम्पन्न

डडेल्धुरा सदरमुकाममा आज वडा स्तरिय महिलाहरुको मुद्दाको बारेमा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएकोछ । सुदुरपश्चिम प्रदेश सरकार, सामाजिक विकास मन्त्रालय तथा ग्रामिण महिला विकास तथा...

Read More