युरोपियन युनियनको आर्थिक तथा यु.एन.डि.पी.नेपालको प्राविधिक सहयोग र स्थानिय साझेदार संस्था ग्रामिण महिला विकास तथा एकता केन्द्र (रुडुक) द्धारा संञ्चालन भईरहेको सुपर (SUPER) परियोजना अन्तर्गत डडेल्धुराको अमरगढी नगरपालिका वडा नं.७ को १० वटा टोल र वडा कार्यालयमा २९ किसिमका सामग्रीहरु सहितकाे ११ वटा प्राथमिक उपचार झाेला र वडाका २४ जना आधारभुत प्राथमिक उपचार तालिम प्राप्त २४ जना स्वयमसेवक लाई प्राथमिक उपचार सामाग्री सहितकाे ब्याग हस्तान्तरण गरिएको छ । यस कार्यमा साथ र सहयाेगका लागि अमरगढी नगरपालिका, डडेल्धुरा, वडा नं.७ वडा अध्यक्ष ज्यु लगायत वडा परिवार, एवं सम्पुर्ण प्रति हार्दिक आभार ब्यक्त गर्दछाै ।