ग्रामिण महिला विकास तथा एकता केन्द्र (रुडुक) को आयोजनामा प्रदेश स्तरिय गुणस्तरीय र समावेशी शिक्षा कार्यशाला आदणिय संस्थापक अध्यक्ष माननिय डा. आरजु राणा देउवा ज्युको सभाध्यक्षतामा सम्पन्न भएको छ । कार्यक्रममा उपस्थित माननिय मुख्यमन्त्रि ज्यु, मन्त्रिज्यूहरु, प्रदेश निति तथा योजना आयोगका उपाध्यक्ष ज्यु, सुदूरपश्चिम विश्वविद्यालयका उपकुलपति, डिन एवं रजिष्ट्रार ज्युहरु, उप महानगरपालिका, नगरपालिका र गाउपालिकाका प्रमुख एवं उप प्रमुख ज्युहरु, जिल्ला समन्वय समिति सदस्य ज्युहरु, वडा अध्यक्ष ज्यु हरु लगायत उपस्थित विशिष्ट व्यक्तित्वहरुप्रति हार्दिक आभार ।