डडेल्धुरा । डडेल्धुराका विद्यार्थीलाई झोलासंगै शैक्षिक र स्वास्थ्य सामाग्री वितरण गरिएको छ । ग्रामीण महिला विकास तथा एकता केन्द्र (रुडुक) र चाइना फाउन्डेसन नेपालको संयुक्त साझेदारी एवं अमरगढी नगपालिकासंगको सहकार्य र समन्वयमा संचालित पाण्डा प्याक परियोजनाअन्तर्गत झोलासंगै शैक्षिक र स्वास्थ्य सामाग्री वितरण गरिएको हो ।
अमरगढी नगरपालिका वडा नम्बर ११ मा पर्ने सरस्वती मावि फिन्नेकोटका वालिवकासदेखि कक्षा ८ सम्मका १ सय २७ विद्यार्थीलाई शैक्षिक र स्वास्थ्य सामाग्रीसंगै झोला वितरण गरिएको रुडुक डडेल्धुराका कार्यकारी निर्देशक अमर साउदले जानकारी दिए ।
विद्यार्थीलाई सामाग्री वितरणका लागि रुडुककी संस्थापक अध्यक्ष एवं प्रतिनिधिसभा सदस्य आरजु राणा देउवा र प्रदेशसभा सदस्य सरस्वती खड्काले पनि समन्वय गरेका थिए ।