ग्रामीण महिला विकास तथा एकता केन्द्र (रुडुक)द्वारा संचालित पाण्डाप्याक परियोजना अन्तर्गत ग्रामीण क्षेत्रका सरकारी विद्यालयका कक्षा ईसिडी देखि कक्षा आठ सम्म अध्ययनरत बालबालिकाहरुलाई यस संस्थाकी संस्थापक अध्यक्ष माननीय डा. आरजु राणा देउवा
ज्युको पहलमा स्कुल झोला, स्टेसनरी र स्वास्थ्य सामग्री वितरण गर्ने कार्यक्रम अन्तर्गत धनगढी उप -महानगरपालिकाका आज
– वार्ड नं ०3 मा रहेको जनता आधारभूत विद्यालय ,
– वार्ड नं ०6 मा रहेको भैरबबाबा आधारभूत बिध्यालय ,
– वार्ड न्ं 11 मा रहेको ठेकराज मा.वि बिध्यालय,
– वार्ड नं 13 मा रहेको राष्ट्रिय जनता मा बि
बिद्यालयहरुका 996 बिद्यार्थी नानी बाबुहरूलाई हस्तान्तरण गरियो! यसै संगै धनगढी उप -महानगरपालिकाका 8 विद्यालयहरुमा जम्मा 2213 जना बिद्यार्थी नानी बाबुहरूले सो सामग्रीहरु प्राप्त गरेका छन्!
यो अभियान निरन्तर चलिरहने छ!