महाकाली नदीको स्वच्छता संरक्षणमा स्थानीय तहको चासो

महाकाली नदीको स्वच्छता संरक्षणमा स्थानीय तहको चासो

काठमाडौं, साउन २७ : महाकाली नदीको स्वच्छता संरक्षणमा स्थानीय तहले चासो देखाएका छन् । नेपाल र भारत दुुई देशको सिमानामा बग्ने नदी वरपर सरसफाई तटीय समुुदायमा सरकारको नजर जान सकेको थिएन। तर, विगत केही वर्षदेखि नदी संरक्षण तथा तटीय समुदायका लागि स्थानीय तहका सरकारले संरक्षणका लागि पहल गर्न चासो देखाएका हुन् । नदीको प्रदुुषण हटाउन स्थानीय तहलाई सचेत गराउदै नदीलाई सफा राख्ने प्रयास गरिरहेका छन् ।

अन्तरदेशीय सीमा नदीको पानीको सदुपयोग परियोजना (ट्रोसा) ले अन्तरदेशीय सीमाको पानी सुशासन एवं दीगो विकास लक्ष्यमा युवाको भूमिका बिषयक युवा सम्मेलनमा कार्यक्रममा बोल्दै भीमदत्त नगरपालिका, कञ्चनपुरका प्रमुख सुरेन्द्र बिष्टले नदीजन्य ढुुङगा ओसार पसार, तथा उत्खनन् कार्यमा निर्देशिका २०७६ तयार पारिएको बताए ।

‘महाकाली नदीको बहुुउपयोग गरी समुदायलाई कसरी पहुँच बढाउन सकिन्छ भनेर ध्यान दियौँ,’ प्रमुख विष्टले भने, ‘त्यसैले महाकाली नदीमा र्‍याफटिङ सञ्चालन गरिएको छ । जसमा आन्तरिक तथा बाह्य पर्यटकलाई आकर्षित गरी रोजगारी बढाउनु हो ।’ उनका अनुसार, र्‍याफटिङ सञ्चालन गर्नको लागि निजी क्षेत्रलाई पनि आह्वान गरिएकाे छ।

दुुई देशको सिमाना भएर वग्ने भएकाले भारत र नेपालका र्‍याफटिङ सञ्चालन गर्न समेत आग्रह गर्नुका साथै जीविका निर्वाह सम्बन्धी युुवा वर्गलाई तालिम दिइरहेको उनको भनाइ छ । तटीय समुुदायका फोहोर व्यवस्थापनका गरी नदीलाई सफा राख्ने प्रयास गर्दै नदीमा फोहोर फाल्नु हुँदैन भनेर युवालाई परिचालन गरिरहेको बिष्टले जानकारी दिए।

यस्तै, कार्यक्रममा परशुराम नगरपालिका डडेलधुराका प्रमुख भीम बहादुुर साउँद, दशरथचन्द्र नगरपालिका बैतडीका प्रमुख नरेन्द्रसिंह थापा, महाकाली नगरपालिका, दार्जुुलाका नगरप्रमुख हंसराज भट्ट लगायतले महाकाली नदी तटीय क्षेत्रका समुदायलाई लाभ हुुने कार्यक्रम गर्दै आएको बताए । नदी किनार सरसफाई, संरक्षण, लक्षित वर्गका लागि समक्षा विकास तालिम दिन थालिएको उनीहरुको भनाइ थियो ।

कार्यक्रममा बैतडी जिल्ला, जिल्ला समन्वय समितिका अध्यक्ष सिद्धराज भटट्ले आगामी दिनमा अन्तरदेशीय पानी सुशासनका कार्यक्रमहरुमा समन्वय र सहकार्य गर्ने प्रतिबद्धता जनाए । कार्यक्रममा अक्सफाम नेपालका ट्रोसा कार्यक्रमका ब्यवस्थापन राजन सुवेदी र रुडुक राष्ट्रिय निर्देशक डा .कृष्ण कुमार श्रेष्ठले स्थानीय तहहरुसंगको आगामी समन्वय र सहकार्यका कुराहरुवारे छलफल निरन्तर रहने बताए । कार्यक्रममा विभिन्न संघसंस्थाका प्रतिनिधिहरुले महाकाली नदी दुई देशको सिमानामा बग्ने भएकाले निजी तथा सरकारी निकाय कोही नबोलेको गुनासो गरेका थिए ।

कार्यक्रममा ज्योती रसाईली नेपाल, जाफर आलम अहमद भारत, शान्ता सोहलीले बंगलादेशबाट बेसीन क्षेत्रहरुमा निजी क्षेत्र र समुदायहरुले संचालन गरेका कुराहरु, नदीहरुले पारेको प्रभावको बारेमा प्रतिवेदन प्रस्तुुत गरेका छन् । ट्रोसा क्षेत्रीय साझेदार आइ.यूू.सि. एन.का बिश्व रंजन सिंहाले पनि बेसीन क्षेत्रमा रहेका निजी क्षेत्र र समुदायको आपसी समझदारी भएमा उपलब्धीमुलक कार्यहरु गर्न सकिने बताएका थिए ।

भर्चुअल माध्यमबाट आयोजना कार्यक्रममा नेपाल, म्यानमार, बंगलादेश र भारतका गंगा, ब्रह्मपुत्र र मेघना बेसीन अन्तर्गतका समुदाय, स्थानीय तह अन्तर्गतका नगर प्रमुखहरु, साझेदार संस्थाहरु, महिला सशक्तिकरण केन्दका प्रतिनिनिधिहरु र युवा सञ्जालका प्रतिनिधिहरु लगायतका सहभागी  थिए ।

ग्रामीण महिला विकास तथा एकता केन्द्र (रुडुक) का संस्थापक अध्यक्ष डा. आरजु राणा देउवाको अध्यक्षतामा सञ्चालन गरिएको कार्यक्रम मंगलबारबाट सुरु भएको कार्यक्रमको आज दोश्रो दिन हो।

Share

More News and Stories

Breaking Barriers Through Extra-Curricular Activities: Girls Shine In President Running Shield

Breaking Barriers Through Extra-Curricular Activities: Girls Shine In President Running Shield

The Girls Empowerment Project (GEP) is implemented by the Rural Women's Development and Unity Centre (RUWDUC) with support from Population Connection, USA significant progress...

Read More
Awareness and Orientation Program on Sexual Harassment and Abusive Prevention

Awareness and Orientation Program on Sexual Harassment and Abusive Prevention

Under the Girls Empowerment Project (GEP), supported by the Population Connection USA and implemented by the Rural Women Development and Unity Center (RUWDUC) an...

Read More
Promoting Early Detection: Breast Cancer Awareness and Prevention Among Adolescents’

Promoting Early Detection: Breast Cancer Awareness and Prevention Among Adolescents’

Under the Girls Empowerment Project supported by the Population Connection USA, and implemented by the Rural Women's Development and Unity Centre (RUWDUC), a comprehensive...

Read More
Mental Health Awareness Program and its effect among adolescents

Mental Health Awareness Program and its effect among adolescents

Under the Girls Empowerment Project, supported by the Population Connection USA, and implemented by the Rural Women's Development and Unity Centre (RUWDUC), a successful...

Read More
Strategic Handover Materials of Educational and Hygiene Materials for Empowering Adolescents Girls

Strategic Handover Materials of Educational and Hygiene Materials for Empowering Adolescents Girls

Under the Girls Empowerment Project supported by the Population Connection and implemented by the Rural Women's Development and Unity Centre (RUWDUC), a range of...

Read More
Building Awareness, Raising Voice: Orientation on Ending Child Marriage and Child Rights

Building Awareness, Raising Voice: Orientation on Ending Child Marriage and Child Rights

Child marriage continues to be a major challenge in Nepal. Despite the legal marriage age of 20, the 2021 National Census shows that 38.4%...

Read More