https://jhilkonews.com/2965/?fbclid=IwAR18q9kDvDvcWGJzFRFhMJIy5qz8gQW0h5nfMbvMEriJNUHWiB7VkJReGoE
१५ माघ
डडेल्धुराजिल्लाको अमरगढी नगरपालिका र परशुराम नगरपालीकाका २ वटा सामुदायिक बिद्यालयका छात्रछात्राहरुलाई शैक्षिक र स्वास्थ्य सामाग्री सहितको झोला वितरण गरिएको छ ।
ग्रामीण महिला विकास तथा एकता केन्द्र (रुडुक) र चाईना फाउन्डेसन संगको साझेदारीमा संचालित पाण्डाप्याक परियोजना अन्तरगत अमरगढी नगरपालिका वडानं११ फिन्नेकोटको सरस्वती माध्यमिक बिद्यालयका १२७ विद्यार्थि र परशुराम नगरपालीका वडानं११को श्रीबैजनाथ माध्यमिक बिद्यालयका२५८ विद्याार्थि लाई झोला वितरण गरिएको हो । विद्यालयका वाल कक्षा देखी कक्षा८सम्मका बिद्यालयमा अध्ययनरत सम्पूर्ण बिद्यार्थीहरुलाई शैक्षीक तथा स्वास्थ्य सामग्रीहरु भएको स्कुल झोला एक कार्यक्रम बिच हस्तान्तरण गरीएकोहो।
शिक्षाको गुणस्तर सुधार भए देशमा दक्ष जनशक्तिको उत्पादन हुन्छ र यस कार्यमा हामी सबैले जुटेर काम गर्नु पर्ने र राज्यले पनि शिक्षा क्षेत्रको सुधार लाई प्राथमिकतामा राख्नु पर्ने कुरा कार्यक्रमका प्रमुख अतिथि माननिय सरस्वती खड्काले बताउनुभयो।

यो पहिलो चरणको कार्यक्रम अन्तर्गत अमरगढीका ७ र परशुरामका ७, गरी कुल १४ वटा सामुदायीक बिद्यालयका २२८९वालवालीकाहरुलाई स्टेसनरी, स्वास्थ्य तथा शैक्षीक सामग्रीहरु सहितको स्कुलझोला वितरण गर्ने योजना रहेको कुरा रुडुक डडेल्धुरा कार्यकारी निर्देशक अमर साउदले जानकारी दिनुभयो।
